प्रदेश १ काे बजेट आज आउँदै

  आवाज संवाददाता

विराटनगर । प्रदेश १ सभाको आठौं तथा बजेट अधिवेशन सोमबार सुरु हुँदै छ । यसका लागि प्रदेशसभा सचिवालयले प्रदेशसभाका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक, संसदीय पत्रकार र सांसदहरूको पीसीआर परीक्षण गरिसकेको छ । प्रदेशसभाका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले शनिबार स्वाब परीक्षण गरिएकामध्ये २ जना चालक, २ सुरक्षाकर्मी र एक जना पत्रकारको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । अधिवेशनको पहिलो बैठकमा संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि ऐन ९दोस्रो संशोधन० संशोधन अध्यादेश पेस हुने कार्यसूची छ ।

प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनमा बजेट ल्याउनुभन्दा १५ दिन अगावै पूर्वबजेट छलफल गर्नुपर्ने व्यवस्थालाई अध्यादेशमार्फत ५ दिन कायम गरेर संशोधन गरेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलको आइतबार बैठक बसेको थियो । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले समयमा ध्यानाकर्षण गराउँदासमेत प्रदेश सरकारले बजेट अधिवेशन आह्वान नगरी पूर्वबजेट छलफललाई औपचारिकतामा मात्रै सीमित गर्न अध्यादेशमार्फत ऐन संशोधन गरेकाले आपत्तिजनक भएको बताए ।

विपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेर कर्मकाण्डी र औपचारिकतामा सीमित गर्न पूर्वबजेट छलफल गर्न लागेको भन्दे आपत्ति जनाएका छन् । प्रदेश सरकारको बदनियतपूर्ण कार्यको सदनमै प्रतिवाद गर्ने माओवादी केन्द्र संसदीय दलको रणनीति रहेको उनले बताए ।

जनता समाजवादी पार्टीका नेता जयराम यादवले कोरोना महामारीलाई देखाएर पूर्वबजेट छलफललाई औपचारिकतामा सीमित गर्ने प्रदेश सरकारको काम आपत्तिजनक भएको बताए । कान्तिपुरले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार