बझाङमा कालोबजारी फस्टाउदै ः सरोकारबाला बेखबर

बझाङ, जिल्लामा कोरोना भाईरसको सन्त्रास अहिले पनी कायमै रहेको छ । दिनानु दिन कोरोनाको संक्रमण फैली रहेको अवस्थामा यहाँका केही ब्यापारीहरुले मास्कमा भने कालोकजारी गरेको पाईएको छ । एन ९५मास्कको कसैले १५० मा विक्री गर्ने गरेका छन् भने कसैले त्यही मास्कको २ सय देखी २५० सम्म लिने गरेका छन् ।
यस्तै सर्जिकल मास्कको केही मेडीकलहरुमा किन्दा १० देखी १५ रुपैयामा पाईन्छ भने त्यही मास्क अन्य कपडा पसल तथा अन्य ब्यापारीहरुले २० रुपैया सम्म लिने गरेका छन् ।
मास्कमा खुलीयाम कालो बजारी भई रहेको भएपनि सरोकारवाला निकाय भने मुक दर्शक बनेका स्थानीय बासिन्दाले गुनासो. गरेका छन् । अहिले सम्म प्रभावकारी रुपमा अनुगमन पनी हुन सकेको छैन । जिल्लाकै सदरमुकाम चैनपुरमा रहेको कामना मेडीकलमा सर्जिकल मास्कको १० रुपैयामा विक्री हुने गरेको भएपनि बजारमा उक्त मास्कको रेट २० रुपैया छ । यस्तै एन ९५ मास्कको कामना मेडिकलमा १५० मा पाईने गरेको भए पनि सोही मास्कको बजारका केही ब्यापारीहरुले २५० सम्म पनी लिने गरेका छन् ।
स्थानीय बिरेन्द्र सिंहले भन्नुभयो सर्जिकल मास्क एक ठाँउ किन्दा एक रेट हुन्छ अर्को पसलमा खरिद गर्दा अर्कै रेट फेला पर्ने गरेको छ । उहाँले मास्कमा मात्रै नभएर हरेक सामानमा फरक फरक रेटमा ब्यापारीहरुले विक्री गर्ने गरेको बताउनुभयो । सामानको मुल्यमा एक रुपता नभएको रोकायाले गुनासो गर्नुभयो ।
एउटै पिय पर्दाथ फ्रु्रटीको केही समय अघि मात्रै जिल्लाको तल्कोट गाउँपालिकामा खरीद गर्दा ५० रुपैया तिरेर पिएको स्थानीय अबिनास थापाले बताउनुभयो । दैनिक उपभोग्य बस्तुहरुको मुल्य पनि आकासियको उहाँको भनाई छ । यता उद्योग बाणिज्य संघ बझाङका अध्यक्ष दान बहादुर सुर्मेलीले भने आफुहरुले महामारीको यस्तो अवस्थामा ब्यापारीहरुलाई कालो बजारी नगर्न अनुरोध गर्दै आएको बताउनुभयो । यदि कालो बजारी गरेको भए सम्बन्धीत निकायले अनुगमन गरी कार्वाही गर्नुपर्ने उहाँको भनाई छ ।
जयपृथ्वी नगरपालिकाका उप प्रमुख जुना जाग्रीले अहिले बजार अनुगमन नगरेको बताउदै आफुहरु कहाँ त्यस्तो गुनासो समेत नआएको बताउनुभयो । साथै उहाँले अबको केही दिनमा नै जिल्ला प्रशान कार्यलय उद्योग बाणिज्य संघ बझाङ शाखा संग समन्य गरी बजार अनुगमन गरिने जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार