लकडाउनमा पनि मदिराकाे अवैध काराेबार, ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद

  आवाज संवाददाता

 

मोरङ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा नं. १ बुधनगर स्थितमा खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ ।

गए राती साढे १ बजे बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को ३२ प.९५२१ र को.२० प.८७६१७ नम्बरको मोटरसाईकलमा लोड गरेको र बाँकी बेबारिसे अबस्थामा दिलवाले मदिरा ३०९ कार्टुन, उंमग मदिरा २७७ कार्टुन र बिभिन्न ब्राण्डका खुल्ला मदिरा १९०० बोतल फेला पारेको हो ।

बरामद गरेको मदिरा र सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङमा लगी आवश्यक कारवाहीको लागि  मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार