माधव नेपालले प्रचण्डलाई सोधे– केपी ओलीसँग मिलौं कि नमिलौं ?

  आवाज संवाददाता

काठमाडौं । नेकपा एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीसँग मिलौं कि नमिलौं भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोधनी गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचनामा फर्काउने घोषणा गरेलगत्तै प्रचण्डसँग भेट गरी माधव नेपालले उक्त विषयबारे छलफल गरेका छन् । आफ्नै समूहमा समेत तीव्र दबाबमा पर्दै आएका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेर मात्रै मिल्ने कि नमिल्ने भनेर धारणा बनाउने तयारी गरेका हन् ।

माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताउँदै आएका छन् । आफ्नो पार्टी अध्यक्षले गरेको आह्वानमा पनि सन्तुष्ट नदेखिएका नेता नेपाल एमालेमा मिल्ने कुनै चासो देखाइरहेका छैनन् ।

पार्टीभित्रको विवाद मिलाउने कि नमिलाउने भन्ने विषयमा प्रतिस्पर्धी पार्टीका नेतासँग छलफल गरेर धारणा तयार गर्ने नेता नेपालको रणनीति निर्लज्ज रहेको टिप्पणी हुन थालेको छ । प्रचण्डले मिल भने मिल्ने र नमिल भने नमिल्ने अवस्थामा नेता नेपाल पुगिसकेको यो घटनाले देखाएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने शर्त अगाडि सारेका छन् । दैनिक नेपालले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार