राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजना पक्राउ

  आवाज संवाददाता

सुर्खेत। दुई जना राउटे युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध सुर्खेत प्रहरीमा किटानी जाहेरी दर्ता भएको छ ।

मानव ओसारपसार, यौन दुर्व्यवहार र जबर्जस्ती करणीको मुद्दा चलाउन किटानी जाहेरी दिइएको हो । १९ र २३ वर्षकी ती दुई जना युवतीलाई होटेलमा लगेर मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटेल सञ्चालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

उनीहरू तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको छ । अनुसन्धानका क्रममा उनीहरुले गल्तीसमेत स्वीकार गरिसकेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार