इलाममा पछिल्लो २४ घण्टामा १४ संक्रमित थपिए, हालसम्म ३० को मृत्यू

  आवाज संवाददाता

 

इलाम । इलाममा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको संख्या १२ सय ९३ नब्बे पुगेको छ ।

आइतबार सूर्योदय नगरपालिकामा २ जना, इलाम नगरपालिकामा ७ जना, देउमाई नगरपालिकामा ४ जना र रोङ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ ।

इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार