अष्ट्रेलियामा अध्ययनरत इलामे युवाहरुको सहयोगमा विपन्नलाई राहत वितरण

  आवाज संवाददाता

इलाम । अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेका युवाहरुको सहयोगमा इलाममा खाद्यान्न राहत वितरण गरिएको छ ।

इलाम नगरपालिा वडा नं. ७ का विपन्न तथा अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । इलाम नगरपालिकाका वडा नं. ७ का १५ घर परिवारलाई राहत वितरण गरिएको हो ।

प्रति परिवारलाई ३० केजी चामल, दुई लिटर खाने तेल, दुई केजी दाल, दुई केजी नून, लुगाधुने साबुन ३ थान, नुहाउने साबुन २ थान, सेनिटाइजर दुई थान र माक्स २० वटाका दरले वितरण गरेको राहत वितरणमा संलग्न युवा खेमसागर खनालले बताए ।

अष्ट्रेलियामा अध्ययन गरिरहेका इलामे युवाहरु रोशन केसी, वर्षा शर्मा, निरोज निरौला, दिपक श्रेष्ठ, सुरेन्द्र कार्की, निरज दाहाल, रोशन घिमिरेले जन्म स्थानका विपन्न परिवारका लागि सहयोग पठाएका हुन् ।

जिल्ला युवा समितिले उनीहरुलाई सहयोगका लागि समन्वय गरेको थियो । उक्त खाद्यान्न सहयोग जिल्ला युवा समिति, गैर सरकारी संस्था महासंघ इलाम, करुणा फाउण्डेशन, मानवअधिकार मञ्च र अनेरास्ववियूको व्यवस्थापनमा वितरण गरिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार