माङसेबुङमा वेवारिसे महिलाकाे शव फेला

  आवाज संवाददाता

इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ स्थित मार्चेबुङ सिङफेदीमा सोमबार एक वेवारिसे शव फेला परेको छ ।

अन्दाजी ६५–७० वर्षको देखिने महिला हेर्दा तराईमुलको जस्तो देखिने प्रहरीले जनाएको छ । प्रहरीले उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी दमक अस्पताल झापाको शव गृशमा राखिएको प्रहरीले जनाएको छ ।

केही सयमअघिदेखि गाउँमै मागी खाँदै हिडिरहेको र सुस्त मनस्थिति जस्तो देखिएको तर उनी कहाँको हो भन्ने परिचय खुल्न सकेको छैन ।
महिलाको आफन्त तथा निज महिलालाई चिन्ने ब्यक्तिहरुले जिल्ला प्रहरी कार्यालय इलामको फोन नं. १००,  ९८५२६९००३० र ९८५२६८०७१० तथा ईलाका प्रहरी कार्यालय मंगलबारेको फोन नं. ०२७-२०००३४, ९८५२६९००२४ सम्पर्क गर्न  अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार