खाेप वाचा अन्याैलमै, नागरिक खाेपकाे पर्खाईमा

काठमाडौं । विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ ।

ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन ।

उनीहरूले खोप दिन इच्छा जाहेर गरे पनि कहिले, कति मात्रा रु उपलब्ध गराउने निचोड दिएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवादमार्फत ‘खोप उपलब्ध गराउन’ आग्रह गरेकी थिइन् । भारत, बेलायत, रुस र अमेरिकी राष्ट्रपतिलाई समेत खोप उपलब्ध गराउन उनले पत्राचार गरिसकेकी छन् ।

तीमध्ये भारत सरकारले भने तत्काल कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने प्रस्ट पारिसकेको छ । जबकि स्वास्थ्य मन्त्रालयले भारतलाई १० लाख मात्रा खरिदका लागि रकमसमेत उपलब्ध गराइसकेको छ । त्यस्तै, अमेरिकाले नेपाललगायतका देशलाई ‘कोभ्याक्स फ्यासिलिटी’मार्फत खोप उपलब्ध गराउने भने पनि ‘ कहिलेसम्म नेपाल आइपुग्ने रु अन्योल कायमै छ । नेपाल सरकारले चीनसँग पहिलो चरणमा २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको थियो ।

तर, चीन सरकारले ‘खोप खरिद गर्ने भए सर्त’सहितको प्रस्ताव राखेको थियो । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले खोप सहज उपलब्धताका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताए । ‘खोप सुनिश्चिताका लागि लागिपरेको छु । केही समयमा परिणाम निस्किनेगरी अघि बढ्छु,’ उनी भन्छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलले कोभिसिल्ड पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेकालाई एस्ट्रेजेनेका खोप लगाइने जानकारी दिए ।

उनका अनुसार २३ फागुन २०७७ देखि १० चैतसम्म कोभिसिल्ड खोप पहिलो मात्रा पाएका व्यक्तिले दोस्रो लगाउने समय भइसकेको छ । एस्ट्रेजेनेका खोप नेपाललाई प्राप्त भएको १२ सातापछि यो खोप लगाउन मिल्ने डा। पोखरेल बताउँछन् । स्वास्थ्य मन्त्रालयले प्राथमिकताका आधारमा २ करोड १७ लाख नागरिकलाई खोप लगाउने लक्ष्य निर्धारण गरेको छ । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार