चट्याङ र पानीमा डुबेर दुई जनाको ज्यान गयाे

मोरङ । मोरङको बेलबारी नगरपालिका- ५ कसेनी का ३८ बर्षीय मनिराम चौधरीको चट्याङ लागी मृत्यु भएको छ ।

सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाई रहेको अबस्थामा घर नजिकै चट्याङ पर्दा बेहोस भएका चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको छ ।

घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटिगई थप बुझ्ने कार्य भईरहेको छ ।

लडेर पानीमा डुबी मृत्यु

ओखलढुङगाको मोलुङ गाऊपालिका-७ का २५ बर्षीय रबिन अधिकारी लडेर पानीमा डुबी मृत्यु भएको छ ।

सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसँग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी घर फर्कने क्रममा मोलुङ गरही सिंचाइ कुलोको डिलबाट लडी कुलाको पानीमा डुबि मृत्यु भएको हाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार