जंगली च्याउ खाएर विरामी भएका ४ मध्ये दुई जनाकाे मृत्यू

इलाम । जंगली विषालु च्याउ खाएर विरामी भएका मध्ये अर्को एक जनाको पनि गए राती मृत्यू भएको छ ।

सन्दकपुर गाउँपालिका वडा नं. १ स्थित छाँगे निवासी ५२ वर्षीय जीतबहादु राईको पनि मृत्यू भएको छ । सँगै विरामी भएका ५० वर्षीय टीकाबहादुर राईको आइतबार राती उपचारको क्रममा मृत्यू भएको थियो ।

इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाको बीरमान राईको घरमा शनिबार दिउँसो च्याउ खाएर विरामी भएका चारै जनाको विएण्डसी अस्पतालमा उपचार भइरहेको थियो ।

विषालु जंगली च्याउ खाएर शनिबार इलाम नगरपालिका वडा नं. ३ पुवामझुवाका दुई जना र सन्दुकपुर गाउँपालिका वडा नं. १ का दुई जना गरी चार जना विरामी भएका थिए । दुई जनाको अवस्था भने चिन्ताजक रहेको थियो ।

जंगली च्याउ खाएर छाँगेका टीकाबहादुर राईसँगै जीतबहादुर राई, पुवामझुवाका बीरमान राई र उनकी श्रीमती विष्णुकुमारी राई विरामी भएका थिए ।

५० वर्षीय जीतबहादुर राईको अवस्था चिन्ताजनक रहेको थियाे । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियाे  भने दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो जंगली च्याउ बीरमानको घरमा पकाएर चारै जनाले खाएका थिए । च्याउ खाएपछि घर हिँडेका जीतबहादुर र टीकाबहादुर विषालु च्याउले मातेर बाटाेमा वेहोस अवस्थामा भेटिएका थिए । बीरमान र उनको श्रीमती विष्णुकुमारीलाई भने घरमै च्याउले मातेको अवस्थामा भेटिएपछि स्याम्पुहरु खुवाएर वान्ता गराइएर अस्पताल लगिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार