इलाममा मंगलबार ६० जना संक्रमित थपिए, हालसम्म ३० को मृत्यू

इलाम । इलाममा पछिल्लो २४ घण्टामा ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन १४ जनामा मात्र संक्रमण पुष्टि भएकामा मंगलबार बढेर ६० पुगेको हो । योसँगै इलाममा संक्रमितको संख्या १३ सय ५३ पुगेको छ ।

मंगलबार माङसेबुङ गाउँपालिकामा २४ जना, सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा ४ जना, देउमाई नगरपालिकामा ३ जना र रोङ गाउँपालिकामा ५ जना, चुलाचुली गाउँपालिकामा ८ जनामा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ ।

इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार