काेभिडबाट जाेगाउन आफ्ना सदस्यलाई सहयोग गर्दै महासंघ

इलाम । दोस्रो चरणको कोभिड–१९ को संक्रमणबाट जोगाउन नेपाल पत्रकार महासंघ इलाम शाखाले आफ्ना सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

कोभिडबाट संक्रमितसहित अन्य पत्रकारहरुलाई मास्क, सेनिटाइजर र औषधी तथा पोषण सामग्री सहित सहयोग गरिरहेकोे छ ।
महासंघले यस अघि स्थापना गरेको आपतकालिन राहत कोषमा रकम थप गर्दै त्यसैबाट संक्रमित आफ्ना सदस्यहरुलाई पोषण सामग्री प्रदान गरिएको शाखाका सचिव भीम चापागाईंले बताए ।

महासंघ प्रदेश समिति तथा अन्य सहयोगी दाताहरुले उपलब्ध गराएको मास्क, सेनिटाइजर र आयुर्वेदिक औषधी समेत पत्रकारहरुलाई वितरण गरिएको जनाइएको छ । महासंघले दैनिक पत्रिका, रेडियो एफएम, अनलाईन र क्रियाशील पत्रकारहरुलाई स्वास्थ्य सामग्री वितरण गरेकोे हो । ‘प्रायः पत्रकार साथीहरुलाई सकेसम्म घर–घर पुर्याएर स्वास्थ्य सामग्री वितरण गर्यौं ।’ सचिव चापागाईंले भने ‘सबैभन्दा बढी पत्रकारहरुनै जोखिममा रहेको महशुस गरेर आवश्यक पर्दा सहयोग उपलब्ध गराउने गरी राहत कोषमा रकम समेत जम्मा भइरहेको छ ।’ चापागाईंका अनुसार राहत कोषमा महासंघका सदस्यसहित अन्य सहयोगीहरुले रकम प्रदान गरिरहेका छन् ।

सदरमुकाममा मात्र नभएर अन्य पालिकामा रहेका पत्रकारहरुलाई पनि महासंघले पालिकामै पुगेर सहयोग गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार