प्रहरी पोष्ट तोडफोडमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१५ बसपार्कमा रहेको अस्थायी प्रहरी पोष्ट तोडफोडमा संग्लग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

जेष्ठ १३ गते अस्थायी प्रहरी पोष्ट बसपार्कको कार्यालय भवन तोडफोड गरी फरार रहेका मध्येका २४ बर्षीय बिक्रम राई, २७ बर्षीय सिजन राई र २६ बर्षीय कालु भनिने सरोज लिम्बु, जेष्ठ १८ गते धरानकै देउरालीबाट पक्राउ परेका हुन् भने ३० बर्षीय बसन्त राई र ३२ बर्षीय रेगन लिम्बु धनकुटाको छथरपोखरी-४ बाट जेष्ठ २४ गते पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार