लुम्बिनी सरकारको नीति तथा कार्यक्रम विपक्षीद्वारा बहिष्कार

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई विपक्षी दलका सांसदहरुले बहिष्ष्कार गरेको छ । नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीका अनुसार विपक्षी दलका सांसदहरूले संसदीय मर्यादाविपरीत वैशाख १९ गते सांसदहरुमाथि धरपकड गरेको विरोधमा बहिस्कार गरेको हो ।

प्रदेशसभामा विपक्षी ४ दलका सचेतकमात्र भित्र गए भने अरु सबै सांसद बाहिरै बसेका छन् । प्रदेशसभामा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, उपेन्द्र यादवनिकट जसपा र जनमोर्चाले विपक्षी गठबन्धन बनाएर मुख्यमन्त्री शंकर पोखरेलको पुनःनियुक्तिको विरोध गर्दै आएका छन् ।

बाहिर सरकारले पेस गरेको नीति तथा कार्यक्रम पास गर्न नदिने उनीहरुको रणनीति भनेर सत्तारुढ एमालेको आरोप छ । यसअघि ४ दलका सचेतकले पहिले संसदमा मुख्यमन्त्री शंकर पोखरेलको पुनःनियुक्ति प्रकरणमा प्रदेश प्रमुख धर्मनाथ यादवको भूमिकामाथि प्रश्न उठाएका थिए । नागरिक खबरबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार