धरान उप-महानगरपालिकाको ट्याक्टरम झरेर कामदारको मृत्यु

  आवाज संवाददाता

सुनसरी । सुनसरी धरान-८ स्थित राजमार्गमा ट्याक्टरबाट झरेर एक जना कामदारको मृत्यु भएको छ ।

बुधबार बिहान साढे ११ बजे को१ त ६७ नम्बरको धरान उप-महानगरपालिकाको फोहोर बोक्ने ट्याक्टरबाट लड्दा सोहि ट्याक्टरमा काम गर्ने कामदार सुनसरी बराह-६ का ५०बर्षीय बाबुराम पौडेलको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

ट्याक्टरबाट लडेर गम्भिर घाईते भएका पौडेलको घोपा धरानमा उपचारको क्रममा दिउसो १२ बजे मृत्यु भएको हाे । ट्याक्टर र ट्याक्टर चालक सुरज डोमलाई नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार