इलाममा बुधबार ५२ मा संक्रमण पुष्टि, हालसम्म ३१ को मृत्यू

इलाम । इलाममा बुधबार ५२ जन संक्रमित थपिएका छन् ।

योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ४०५ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सूर्योदय नगरपालिकामा १६ जना, इलाम नगरपालिकामा १२ जना, माइजोगमाई गाउँपालिकामा ९ जना, रोङ गाउँपालिकामा ७ जना, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा ३–३ जना, माङसेबुङ र माई नगरपालिकामा १–१ जना संक्रमित भएका छन् ।

इलाममा संक्रमणबाट मृत्यू हुनेको संख्या भने ३१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार