माधवपक्षका पहाडीसहित ८ जना नयाँ मन्त्री थपिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७ जना मन्त्री र एक राज्यमन्त्रीसहित ८ जना थप गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

नयाँ नियुक्त हुन लागेका मन्त्रीमा माधव कुमार नेपापक्षका नेता समेत छन् । आज थपिने मन्त्रीहरूमा नारदमुनी राना वन, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खगराज अधिकारी गृह, नैनकला थापा संचार, ज्वालाकुमारी साह कृषि, राजकिशोर यादव उद्योग, गणेश पहाडी सामान्य प्रशासन र आशा विक वनराज्यमन्त्री छन् ।

मन्त्री बन्न लागेकाहरूमध्ये गणेश पहाडी नेता माधव नेपालनिकटमा मानिन्छन् । त्यस्तै नैनकला यसअघि गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा ‘बादल’की पत्नी हुन् । प्रधानमन्त्रीले मन्त्रिमण्डल विस्तारमा पूर्वमाओवादी समूहबाट दुईजनालाई समेटेका छन् ।

नैनकलासँगै ज्वाला शाह कृषिमन्त्री बन्ने भएकी छन् । गृहमन्त्रीमा भक्तपुरमा सांसद महेश बस्नेताको चर्चा रहे पनि उनलाई मन्त्री समेत बनाइएको छैन ।

नवनियुक्त मन्त्रीहरूको सपथग्रहण आज अपरान्ह ४ बजे हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार