इलाम । इलाममा जारी कोरोना भाइरस विरुद्धको खोप बिहीबार सम्ममा दुई हजार ६४१ जनाले लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयले गत २५ गतेबाट शुरु गरेको खोप अभियानमा बिहीबार सम्ममा ६० देखि ६४ वर्षका ती व्यक्तिहरुले खोप लगाएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयको ४ हजार ४३१ जनालाई खोप लगाउने लक्ष्य छ । भोलि सम्म सञ्चालन गरिने खोप अभियानमा लक्ष्य पुरा हुने अनुमान गरिएको कार्यालयका खोप सुपरभाइजर निरिक्षक गंगाधर पण्डितले बताए । उनका अनुसार इलाममा सोही उमेर समुहका ८ हजार ८६२ व्यक्तिहरु छन् । खोप लगाउन बाँकी रहेकालाई भने पुनः खोप आएपछिमात्र लगाइने पण्डितको भनाइ छ ।
‘इलामका लागि करिब २ लाख ७५ हजार डोज खोप हुनेहो भने सबैलाई खोप पुरा गर्न सकिन्छ ।’ पण्डितले भने ‘अब क्रमशः खोप आउँछ होला ।’ पण्डितका अनुसार यस अघिनै पहिलो डोज खोप लगाएकालाई भने असार दोस्रो साता तिर दोस्रो डोज खोप आउने अनुमान गरिएको छ । तर पछिल्लो पटक अर्थात चलिरहेको यो अभियानमा सहभागी हुने व्यक्तिहरुलाई दोस्रो डोजको खोप भने स्टक नै रहेको जनाइएको छ ।