सूर्याेदय नगरपालिकाले ‘ब्यूटिफिकेशन’ गरेपछि सामाजिक सञ्जालमा भाइरल बन्याे कन्याम

सूर्योदय नगरपालिकामा रहेको कन्याम उसै पनि सुन्दर । मेची राजमार्गले चिरेको कन्यामको सुन्दरताले वर्षेनी हजारौं आन्तरिक पर्यटकहरुको मन लोभ्याउने गरेको छ । प्राकृतिक रुपमा कन्याम सुन्दर हुँदाहुँदै पनि सूर्योदय नगरपालिकाले यसलाई योजनावद्ध ढंगले थप सुन्दर बनाउने काम गरेको छ । कन्यामलाई ‘ब्यूटिफिकेशन’ गरिएकाले अहिले सामाजिक सञ्जालमा कन्यामको तस्बीर भाइरल भइरहेको छ । निषेधाज्ञाको बीचमा नगरले यसलाई सुन्दर बनाएको छ । निषेधाका कारण थोरै मानिस मात्र कन्याम पुग्दा पनि यहाँका तस्बीरहरु भाइरल भइरहेका छन् । हेरौ सामाजिक सञ्जालमा रङ्गिएका कन्यामको नयाँ सुन्दरता ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार