कभर्ड हल बनाउन पालिका अध्यक्षसहित तीन जनाबाट जग्गा दान

  आवाज संवाददाता

फाेटाे: युवराज पीसी

इलाम । सन्दुकपुर गाउँपालिका वडा नं. ३ देउराली बजारमा निर्माण हुने कभर्ड हलका लागि गाउँपालिकाका अध्यक्ष उदय राई, वडा नंं. २ का वडाध्यक्ष गिरीराज खनाल र स्थानीय जगतमान राईले निःशुल्क दिएका छन् ।

कभर्ड हलका लागि स्थानीय जगतमान राईले साढे छ आना जग्गा पालिकालाई दिएका हुन् । यसरीनै गाउँपालिकाका अध्यक्ष राईले पनि साढे छ आना जग्गा र वडाध्यक्ष खनालले दुई आना जग्गा प्रदान गरेका हुन् । अध्यक्ष र वडाध्यक्षले जगतमानकै जग्गा खरिद गरेर कभर्ड हलका लागि जग्गा दान गरेका हुन । दान प्राप्त १५ आना जग्गामा कभर्ड हल निर्माण हुने भएको छ ।

कर्भड हल निर्माणका लागि सन्दकपुर गाउँपालिकाले ४१ लाखमा ठेक्का लगाइसकेको छ । यसै आर्थिक वर्षमा कभर्ड हल सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार