करेन्ट लगाएर माछा मार्ने क्रममा दम्पतिकाे मृत्यु

  आवाज संवाददाता

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० तरहराको चौतारी चौकमा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा दम्पतिकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर रौतामाई घर भई सोही स्थानमा कोठा गरी बस्ने २६ बर्षीय हेमसेर राई र निजकै श्रीमती २३ बर्षीया सर्मिला राई रहेका छन् । आज बिहान ६ बजे स्थानियले घर नजिकै खार्सल खोलामा मृत अबस्थामा फेला परे पछी प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी तरहराबाट प्रहरी टोली खटि गएको थियो ।

घटनास्थलमा उनीहरुले आफु बसेको घरबाट बिजुलीको लाईन जोडी खोलामा लगेको भेटिएको थियो । उनिहरुले गत राती के कुन समयमा खोलामा गई माछा मार्न खोज्दा करेन्ट लागी मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कोठामा उनिहरुहरुको ४ बर्षीया छोरी मात्र रहेकोले बिहान मात्र घटनाको बारेमा जानकारी पाइएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार