गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पोखरेल नियुक्त, चार मन्त्रीले आजै सपथ लिँदै

  आवाज संवाददाता

काठमाडौँ । गण्डकी प्रदेशमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

शनिबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले आजै सानो मन्त्रिमण्डल बनाएर सपथ ग्रहण गर्ने भएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख २९ गते संसदबाट विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनका लागि शनिबार ३ बजेसम्मको समयवाधि तोकिएको थियो ।

सपथग्रहण तयारी, मनाङेसहित चार मन्त्रीले आजै सपथ लिने

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज शपथ ग्रहण लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

मुख्यमन्त्री पोखरेलले आज प्रदेश प्रमुखको कार्यालयमा साढे ७ बजे शपथ लिदैंछन् । आजै नेपाली कांग्रेसका १, माओवादी १ , जसपाका १ र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे०ले मन्त्रीको रुपमा शपथ लिनेछन् ।

कांग्रेसबाट कुमार खड्काले मन्त्रीको शपथ लिनेछन् । पोखरेललाई समर्थन गरेको राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागि नभई समर्थन जनाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार