इलाम वडा नं. ५ लाई स्वास्थ्य सामग्री र औषधि सहयोग

  आवाज संवाददाता

इलाम । इलाम बरबोटे घर भई हाल काठमाण्डौं बस्दै आएकी मिना गुरुङ्गले इलाम नगरपालिका वडा नं. ५ लाई औषधि सहयोग गरेकी छिन् ।
कोरोना भाइरसको महामारीका कारण औषधि अभाव नहोस् भन्ने उद्देश्यले व्यक्तिगत रुपमा १६ हजार बराबरको औषधि सहयोग गरेकी हुन् । गुरुङ्गले वडा कार्यालय मार्फत वडाबासीका लागि औषधि पठाएकी हुन् । उनले सिटामोल, आइरन चक्की, आइड्रप, प्रेसर, दम, ग्याष्ट्रिकको औषधि वडा कार्यालयमा पठाएको इलाम नगरपालिका वडा नं. ५ का वडाध्यक्ष ठाकूरनारायण श्रेष्ठले बताए । उक्त औषधि वडाका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र मार्फत वडाबासीलाई वितरण गरिने अध्यक्ष श्रेष्ठले बताए ।

यसरीनै वडा कार्यालयलाई स्वास्थ्य विभागबाट पनि स्वास्थ्य सामग्री उपलब्ध भएको छ । वडाको अनुरोध तथा बरबोटे घर भई हाल काठमाण्डौंमा बस्दै आएका राम भट्टराईको पहलमा सामग्री वडालाई विभागले पठाएको हो । स्वास्थ्य विभागले सर्जिकल मास्क १६ सय थान, फेस सिल्ड ८ थान, ग्लोब्स २ थान, प्रोटेक्टिभ माक्स २ बट्टा र गाउन २३ थान वडालाई उपलब्ध गराएको हो ।

यसरीनै राम भट्टराईले सञ्चालन गरेको कोभिड–१९ को महामारीमा सहयोगका लागि एक व्यक्ति एक हजार अभियान मार्फत पनि वडा कार्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । अभियान अन्तर्गत २० थान थर्ममिटर, ५ बट्टा माक्स, १० थान वासेवल पीपीई र ग्लोब्स २ वट्टा वडा कार्यालयलाई दिइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार