नेपाल एक लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्र हो । यस देशमा जनताको मतलाई कदर जनताबाट निर्वाचित व्यक्तिले सरकार बनाउँछ । यसका निम्ति राष्ट्रमा विकासका कार्यहरू सञ्चालन गर्न जनताद्वारा विभिन्न क्षेत्रका नेताहरु छानिएका छन् । सोही नेताहरुले नेतृत्वको भूमिका निभाउने काम गर्दछन् ।
सर्वप्रथम त कुरो राजनीतिकै आउँछ । राजनीति गरेर देशलाई विकासको आवश्यक हुन्छ । नेपालको कुरा गर्ने हो भने नेपालका यस्ता विकासका कार्यहरू गर्ने अधिकांश नेताहरु उमेर हद बढी भएकै पाइन्छ । राजनीति क्षेत्रमा जुनियर र सीनियर जस्ता शब्दहरूको प्रयोग भएको देखिन्छ । प्राय ः जुनियर भन्नाले नयाँ युवाहरुलाई बुझाउँछ भने सिनियरले बुढ्यौली लागेका व्यक्तिहरूलाई ।
सिनियरको राजनीतिमा अनुभव राम्रो हुन्छ भन्ने एक भनाइले बुढोपनले छोएका मानिसहरूको राज राजनीतिमा देखिन्छ । यसैकारण नयाँ युवाहरुलाई उत्थान गरी अवसर दिएर युवाको जोस र जाँगरहरुलाई सदुपयोग गरिएको छैन ।
मेरो विचारमा युवालाई देशको मेरुदण्डको रूपमा लिन सकिन्छ । युवा अवस्थामा नयाँ सोच ,ज्ञान र जाँगरको अनुपम भण्डार पाइन्छ ।युवा अवस्थामा मानिस मानसिक र भौतिक दुवै अवस्थामा स्वास्थ्य र सक्षम हुन्छ । यो बेलामा युवालाई एक शक्तिको रूपमा हेर्न सकिन्छ । देश विकाशमा युवाहरुलाई सकारात्मक रूपले प्रयोग गरी अघि बढ्न सकिन्छ । विकसित राष्ट्रहरूलाई हेर्ने हो भने त्यहाँ युवासक्तीको भरपूर प्रयोग भएको देखिन्छ ।
अहिले नेपालको अवस्था हेर्ने हो भने युवाहरुको देशविकाशमा भूमिका निकै कमी पाइन्छ । देशलाई नेतृत्व गर्नेदेखि अन्य क्षेत्रसम्म उमेर खाएका मानिसहरू पाउन सकिन्छ । देशको महत्वपूर्ण अंश ओगटेर बस्ने भनेको वृद्धावस्थाका नेताहरु मात्र छन् ।
युवाहरूलाई त विभिन्न खाडी राष्ट्रहरूमा पसिना बगाएर जीविका चलाउँदै गरेको देखिन्छ । शिक्षित युवाहरुलाई विकशित राष्ट्रहरूले किनेर काम लगाउँछ । नेपालमा भने विकास शून्य छ । यस्तो अवस्था कहिले सम्म चल्ने हो ? आफ्नो भूमि त्यागेर अन्य मुलुकलाई कहिले सम्म विकास गर्ने हो ? यी प्रश्नको जवाफ खोज्नु बितिसकेको छ ।
नेपालको राजनीतिक अवस्था जतिसुकै बुझेपनि देशको प्रगति कहिले भएको छैन । जति सुकै नेता र पार्टी फेरिए पनि गरीव दुःखीको अवस्था र समस्या बोक्ने कहानी फेरिएको छैन । रोजगार नपाएर युवाहरु विदेशिन थालेका हुन् ।
यस्तो अवस्था वुझ्न नसक्ने बृद्ध नेताहरुलाई सत्तामा पालेर के फाइदा ? यो सबै समस्या हटाउने हो भने देशका वृद्ध नेताहरुलाई हटाएर नयाँ युवालाई मौका दिन आवश्यक छ ।
मलाई त मेरो देशदेखि नै अचम्म लागेर आउँछ । यहाँ मारिमेटी १२ कक्षा पास गर्ने युवाहरु वेरोजगार छन् तर लेखपढ नभएकाहरु नेता बनेर देश हाँकेका छन् । गरिबको छोराले मिहिनेत गरेर पढ्छ पछि गएर अन्य देशको दाश बन्न पुग्छ ।
आफ्नो पारिवारिक समस्या हटाउन युवाहरु विदेश पलायन हुन बाध्य छन् । युवालाई कुनै पनि अवसर दिएको छैन । आफ्नो महत्वपूर्ण समयलाई खेर फालेर झोक्राउँदै अन्तिममा पश्चिमी राज्यमा काम गर्न कर लागेको छ । यस्तै पाराले हो भने भविष्यमा पनि नेपालले विकाशलाई अंगालोमा हाल्न निकै हम्मे पर्नेछ ।
अन्त्यमा, युवामात्र यस्तो शक्ति हो जुन कहिले सामाप्त हुँदैन । जसले देशको नव निर्माणको लागि आफ्नो प्राण समेत त्यागेर अघि बढ्न सक्छ । यो कुराको प्रमाण २०६२÷०६३ को जनआन्दोलनले देखाउँछ ।
देश विकास गर्ने सपना बोकेर हिँडेको एक युवाबाट लिन सकिन्छ । युवामा भएको देशप्रेम र विशाल ज्ञान भण्डारको सकारात्मक सदुपयोग गर्न सके अझै पनि देशले मुहार फेर्न सक्ने छ । त्यसर्थ ,हाम्रा युवाहरुलाई अन्य राष्ट्रमा सड्न नदिई आफ्नै भूमिमा प्रयोग गर्न सके राम्रो हुने सोचको विकास गर्न आवश्यक छ ।
राजनीति क्षेत्रमा होस्, शिक्षा या कृषि क्षेत्रमा नेपालको हरेक क्षेत्रमा युवाको नेतृत्वको आवश्यकता छ त्यसैले समस्यालाई पन्छाउन युवा विदेश पलायन नभई नेतृत्वमा हात मिलाउन जोड गरुम । जय नेपाल ।