रुखको हाँगाले लागेर मृत्यु

  आवाज संवाददाता

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका ७ पानीतारे स्थितमा रहेको बागेश्वरी सामुदायिक वनमा रुख काट्ने क्रममा हाँगाले लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङ हेलसी तुवाचुङ नगरपालिका ८ धितुङ का २२  बर्षीय सरोज राई रहेका छन् । आज दिउसो साढे १२ बजे सो सामुदायिक वनले डिभिजन वन कार्यालय गाईघाटबाट कटान आदेश लिई रुख काट्न गएका राईको रुखको हाँगाले टाउकोमा लागी घटनास्थलमानै मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै कानुनि प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार