आउँदो असार ७ गतेसम्म इलाममा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समिति इलामको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै समितिले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा थपेको हो ।
जिल्लामा तिब्र गतिमा फैलिँदै गरेको कोभिड–१९ को विस्तार रोक्न बैशाख २६ गतेबाट जारी निषेधाज्ञाको जनस्तरबाट समेत पालना भएको र संक्रमितहरुको परीक्षणको दायरा बढाएकोले संक्रमितको संख्यामा उल्लेख्य कमि नदेखिएको भएपनि थप संक्रमण नियन्त्रण गर्न जारि निषेधाज्ञा प्रभावकारी रहेको समितिको ठहर रहेको जनाइएको छ ।