‘कोरोनाविरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्दैन’

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले खोपका विषयमा फैलिएका अनेक अफवाहमा विश्वास नगर्न आग्रह गरेको हो । कोभिड–१९ विरुद्धको खोपमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू नहुने केन्द्रले जनाएको छ ।

कोभिड–१९ को खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू हुँदैन । त्यसैले यस्ता अफवाहको विश्वास नगर्न र काेभिड –१९ को खोप सुरक्षित र प्रभावकारी भएकाले यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने केन्द्रद्वारा जारी सन्देशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार