इलाम । पूर्व प्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। ४-५ दिनदेखि ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई आज बिहान पौने आठ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारीक स्रोतबाट थाहा भएको छ।
नेता खनालको स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट केही बेरमा आउने छ। यसअघि कोरोना संक्रमण भई लामो समय नर्भिक अस्पतालमै उपचार गरेर खनाल घर फर्किएका थिए।