लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ५ बजेको समयमा जिल्ला इलाम माई नगरपालिका ४ शंकर गाउँस्थित झापा विर्तामोडबाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने बाटोमा प्रहरी चौकी दानबारीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलीले लागुऔषधसहित मानिस पक्राउ गरेको हो ।
मोटरसाइकलमा आउँदै गरेका चार जनालाई शंकास्पद अवस्थामा फेला परेपछि प्रहरीले चेकजाँच गरेको थियो । उनीहरूको साथबाट ब्राउन सुगर (खैरो लिसाईलो पदार्थ ) अन्दाजी ५ ग्राम र चलाए ल्याएको प्रदेश नं १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नं. को मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जिल्ला इलाम माई नगरपालिका ८ बस्ने बर्ष–२८ महेश थापा, सोही स्थान बस्ने वर्ष–३० को कुविरसिंह तामाङ, माई नगरपालिका १ बस्ने वर्ष–२२ को रुपेशकुमार खत्री र माई नगरपालिका ३ बस्ने वर्ष–२३ को सुदिप कुमार दनुवार रहेका छन् । पक्राउ परेका ४ जना, मोटरसाइकल र बरामद भएको लागु औषधसहित जिल्ला प्रहरी कार्यालय इलाममा ल्याएर अनुसन्धान भई रहेको छ ।