पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अक्सिजनको सहायतामा उपचार भइरहेको छ ।
अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत रहेका हुन् । अस्पतालले विज्ञप्ति जारी गर्दै आज बिहान पौने ८ बजे नेता खनाल अस्पतालमा भर्ना भएको जनाएको हो । अहिले अक्सिजनको सहायतामा उपचार भैरहेको अस्पतालले जनाएको छ । उनलाई ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएको जनाइएको छ ।
अहिले खनाललाई आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । सामान्य अवस्थामा रहेका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको छ ।