हात्ती छेक्न राखिएकाे विद्युतमा करेन्ट लागेर महिलाको मृत्यु

  आवाज संवाददाता

झापा ।झापा बुद्धशान्ति गाउँपालिका-३ राजाटोल शितल बस्ती बस्ने ४८ बर्षीय विष्णुमाया बासकोटाको हाती जोगाउन राखेको करेन्टमा परी मृत्यु भएको छ ।

आज बिहान साढे ५ बजे घर नजिक आफ्नै खेतबारीमा जंगली हात्तीलाई छेक्न  भनेर राखिएकाे बिजुलीको नाङगो तारमा करेन्ट लागि घाईते भएकी थिइन् । उनकाे  बिर्तासिटी अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार