एमालेका नेता खनाललाई थप उपचार गर्न दिल्ली लगिदै

  आवाज संवाददाता

काठमाडौं । एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ ।

ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि मध्यान्ह साढे १२ बजे दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन् । दिल्ली लगेर त्यहाँको एपोलो अस्पतालमा उनलाई उपचार गर्ने तयारी छ ।

खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । खनाल यसअघि कोरोना संक्रमित भई संक्रमणमुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार