इलाममा बुधबार २२ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ३६ पुग्यो

  आवाज संवाददाता

इलाम । इलाममा मंगलबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने ७ जनामा संक्रमण देखिएको थियो ।

इलाम नगरपालिकामा ६ जना र सूर्योदय नगरपालिकामा ४ जना, रोङ ८ जना र माईमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५५४ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या भने ३६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार