इलाम नगरपालिका वडा नं. ४ द्वारा किसानहरुलाई टनेल र विउ विजन वितरण

  आवाज संवाददाता

वडाध्यक्ष नुतनदेव दुलाल किसानलाई टनेल वितरण गर्दै ।

इलाम । इलाम नगरपालिका वडा नं. ४ ले किसानहरुलाई टनेल, कागतीको विरुवा र विजन वितरण गरेको छ ।

वडाले बेमौसमी तरकारी खेती गर्नका लागि ५७ वटा टनेल, बेमौसमी तरकारीको विजन र ४५ सय कागतीको विरुवा वितरण गरेको हो । एक सय जना युवाहरुलाई तरकारीको विजन वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए ।

युवाहरुलाई कृषिमा आकर्षित गर्दै ग्रामीण क्षेत्रमा रोजगार सिर्जना गर्नका लागि युवाहरुलाई लक्षित गरेर टनेल र विउ विजन वितरण गरिएको पनि अध्यक्ष दुलालले बताए ।

किसानलाई सुन कागती वितरण गर्दै अध्यक्ष र सदस्यहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार