काेभिड-१९ नियन्त्रण र उपचारमा इलाम नगरपालिकाले के गर्याे ?

  आवाज संवाददाता

इलाम । इलाम नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा पर्याप्त ध्यान दिएको जनाएको छ । नगरले एक प्रेस विज्ञप्ती जारी गर्दै नगरले गरेका कामको विवरण सार्वजनिक गरेको छ । हेर्नुहाेस् नगरले जारी गरेको विज्ञप्तीको पूर्ण पाठः

विश्वभर आतङ्क मच्चाइरहेको कोभिड १९ को दोस्रो लहरको महामारीले हाम्रो इलाम नगरपालिकालाई पनि नराम्ररी प्रभाव पारेको छ । हालसम्म ४४४ जना नागरिक (महिला २०४ र पुरुष २४०) संक्रमित हुनु भएको छ भने आजसम्म १० जनाको दुखद निधन भएको छ । कोरोना संक्रमणका कारण उपचाररत सम्पूर्ण नागरिकहरुको इलाम नगरपालिका शीघ्र्र स्वास्थ्य लाभको कामना गर्दछ र कोभिड १९ बाट मृत्यु भएका नागरिकहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्दछ । संक्रमित नागरिकहरु विभिन्न अस्पतालमा उपचाररत हुनुहुन्छ भने केही संक्रमित नागरिक होम आइसोलेसनमा रहनु भएको छ भने ३४९ जना संक्रमितहरु निको हुनु भएको छ । कोरोना महामारीको यस अवधिमा हालसम्म४२६९ जनाले कोभिडसिल खोपको पहिलो डोज, १४५५ जनाले दोस्रो डोज र ७६१ जनाले भेरोसिल खोप लिई सक्नु भएको छ ।
महामारीको यो अवस्थामाआम नागरिकहरुको जीवनको रक्षा गर्न इलाम नगरपालिका आपूmसँग रहेको सम्पूर्ण स्रोतसाधन सदुपयोग गर्न कृतसंकल्पित छ र गरिरहेको छ । साथै कोभिड १९ को महामारीबाट बचाउन इलाम नगरपालिका संघीय सरकार र प्रदेश सरकारसँग पारस्परिक सहयोग समन्वयबाट काम गरिरहेको छ । संकटको यो घडीमा संयम विवेक र एकताको ठूलो महत्व हुन्छ, तसर्थ आम नागरिकहरुलाई आतंकित नहुन र सचेत बन्न हार्दिक अपिल गर्दै आम नागरिक, राजनैतिक दल तथा सबै निकायलाई सहयोग गर्न अनुरोध गर्दै इलाम नगरपालिकाद्वारा गरिएका कामहरुको बारेमा मिति २०७८।२।४ मा विज्ञप्ति जारी गरी जानकारी गराइएको र यस जेष्ठ महिनामा गरिएका थप कार्यहरुको सङक्षिप्त रुपमा जानकारी गराउँदछौ ।
निम्न ः
ड्ड कोभिड अस्पताल, जिसस नयाँ भवनमा बेड थप गर्ने सम्बन्धमा तत्काल ६ वटा स्टिल बेड उपलब्ध गराइएको र थप १५ वटा काठको बेड तयारी अवस्थामा राखिएको छ ।कोभिडको बिरामीहरुको लागि इलाम अस्पतालमा ४७ बेड र २ वटा आइसियु कक्षको व्यवस्था भएको छ ।
ड्ड इलाम अस्पताल र अन्तर्गत कोभिड अस्पतालमा थप जनशक्ति व्यवस्थापनका लागि इलाम नगरपालिकाका४ जना स्वास्थ्यकर्मी परिचालन गरी सहयोग गरिएको र आवश्यकतानुसार वडाको स्वास्थ्य केन्द्रको सेवा प्रभावित नहुने गरी स्वास्थ्यकर्मी झिकाई परिचालन गर्ने काम हुनेछ ।
ड्ड इलाम अस्पतालमानगरपालिकाबाट ३ वटा अक्सिजन कन्सेनट्रेटर उपलब्ध गराइ सकिएको छ । इलाम अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरुमध्ये हाल सम्म २१ वटा खाली सिलिण्डरहरु सुनसरी जिल्लामा लगेर रिफिल गरी उपलब्ध गराइएकोछ ।
ड्ड कोभिड १९ दोस्रो लहरको महामारी र संक्रमण नियन्त्रण तथा रोकथामका लागि आम नागरिकहरुमा सचेतनामूलक सामग्री एफएममार्पmत सूचना उपलब्ध गराइएको छ ।
ड्ड इलाम नगरपालिका जनस्वास्थ्य शाखाअन्तर्गत ०२७५२०४४९ नम्बरको टेलिफोन राखी स्वास्थ्य हेल्प डेस्क सञ्चालन गरिएको छ । सो हेल्प डेस्कमा हालसम्म१०१७ जनाले फोन सम्पर्क गरी सल्लाह सुझाव लिनु भएको छ । यसैगरी ०२७५२००४० नम्बरको टेलिफोनबाट आयुर्वेद औषधालयले सल्लाहसुझाव दिइरहेको छ ।
ड्ड इलाम अस्पतालको सम्पर्कमा रहेर सञ्चालन हुने एम्बुलेन्सहरुको सम्पर्क नम्बर प्रत्येक वडा कार्यालय र प्रत्येक स्वास्थ्य संस्थाहरुमा सबैले देख्ने गरी टाँस गर्ने व्यवस्था मिलाइएको छ र वडाका जनप्रतिनिधि र महिला स्वास्थ्यस्वयम्सेविकाहरुमार्पmत फोनबाट समेत सर्वसाधारणलाई सूचित गर्ने कार्य भइरहेको छ ।
ड्ड इलाम नगरपालिकाको एम्बुलेन्सलाई समेत सेवा प्रवाहका लागि तयारी अवस्थामा राखी २ जना एम्बुलेन्स सवारी चालकको व्यवस्था मिलाइएको छ र कोभिडका बिरामीहरुलाई अस्पताल ल्याउन सेवा उपलब्ध गराइएको छ ।
ड्ड कोभिड १९ दोस्रो लहरको महामारी र संक्रमण नियन्त्रण तथा रोकथामका लागि इलाम नगरपालिकाअन्तर्गतका वडा कार्यालय र स्वास्थ्य संस्थाहरुलाई खुला राखिएको छ । जनस्वास्थ्य शाखा प्रमुखलाई नगरको फोकल पर्सन (सम्पर्कनम्बर ९८५२६८०४०१÷५२०४४९) र वडाका लागि वडाध्यक्षज्यूको नेतृत्वमा तदारुकताका साथ कामकाज गर्ने गरी वडास्थित स्वास्थ्य संस्थाका इन्चार्जलाई वडाको फोकल पर्सन तोकिएको छ ।
ड्ड प्रत्येक आइतबार, मंगलबार, बिहीबारका दिन बिहान ७ बजे कोभिड अस्पताल जिसस नयाँ भवनमा र आवश्यकतानुसार वडास्थित स्वास्थ्य संस्थाका लागि तोकिएको फोकल पर्सनको सूचना अनुसार वडा वडामा एन्टिजेन परीक्षण तथा पिसिआर परीक्षणको लागि स्वाव लिने कार्य भइरहेको छ ।विशेष गरी वडा नं. १, २,३,४,१० र ११ मा स्थलगत रुपमा एन्टिजेन परीक्षणको कार्य गरिएको छ । हालसम्म८५० थान एन्टिजेन कीट खरिद गरिसकिएको छ । हालसम्म ९६६ जनाको एन्टिजेन र १९१ जनाको पिसिआर समेत ११५७ जनाको परीक्षण सम्पन्न गरिएको छ ।
ड्ड बजार क्षेत्रका मुख्य सडकहरुमा आवश्यकतानुसार दमकल प्रयोग गरी क्लोरिन छर्कने कार्य गरिएको छ । नगर प्रहरी डेस्कबाट आमनागरिकहरुका लागि माइकिङ्ग तथा स्थलगत गस्ती गरी सूचना प्रवाहको काम भइरहेको छ ।
ड्ड कोरोना संक्रमित मृतकको शव व्यवस्थापनका लागि स्काभेटर र टेक्टरलाई तयारी अवस्थामा राखिएको छ र शव व्यवस्थापन स्थल इलाम नगरपालिका वडा नं. ९ को कुडुले नजिकैकोसिमलटार क्षेत्रमा तोकी व्यवस्थापन गरिएको छ । कोरोना संक्रमित व्यक्तिको शव घाटसम्म पु¥याउन शववाहनको व्यवस्थापन मिलाइएको छ ।
ड्ड होम आइसोलेसनमा बस्नु भएका गर्भवती महिला, ६० वर्ष माथिका व्यक्तिहरु र दीर्घ रोग भएका व्यक्तिहरुको लागि बजारमा उपलब्ध भएसम्मको सामग्री खरिद गरी ५१६ जनालाई होम आइसोलेसन कीट र आयुर्वेदिक औषधि वितरण गरिएको छ ।
ड्ड होम आइसोलेसनमा बस्नु हुनेहरुको लागि मोवाइल नम्बर ९८४४६२८८२७ बाट मनोसामाजिक परामर्श सेवाको कार्यलाई जारी राखिएको छ । सम्बन्धित वडाका वडाध्यक्षज्यूको नेतृत्वमा स्वास्थ्यकर्मीसहितको टोलीले स्थलगत सल्लाह सुझाव दिई स्वास्थ्य स्थिति बुभ्mने कार्य भइरहेको छ ।
ड्ड यस अतिरिक्त इलाम सदरमुकाममा रहेको एकमात्र जिल्ला अस्पतालको सेवा प्रवाह सुधार तथा क्षमता अभिबृद्धिका लागि विशेषज्ञ डाक्टरहरुलाई नगरपालिकाबाट विशेष सुविधा, ८ लाख रकम बराबरको मर्चरी फ्रिज र अस्पताल क्षेत्रका बाटोलाई कालोपत्रे गर्ने कार्य भएको छ ।
ड्ड इलाम अस्पतालका लागि तत्काल आवश्यक औषधि तथा उपकरण व्यवस्थापनको कार्यमा सहयोगको लागि १ नं. प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पहलको कार्य भएको छ ।
ड्ड यसैगरी कोभिड महामारीलाई दृष्टिगत गर्दै २०७७ चैत्र र २०७८ बैशाख महिनाको खानेपानी सेवा शुल्कको जरिवाना रकममा छुट, २०७८ जेष्ठ महिनाको खानेपानी सेवा शुल्कमा २० हजार लिटरसम्मको खपतमा शत प्रतिशत छुट, २०७८ जेष्ठ महिनाको नगरपालिकाको सटर पसल र भ्युटावरको भाडा रकममा ४० प्रतिशत रकम छुट र २०७८ बैशाख महिनाको जरिवाना रकम छुट गरिएको छ ।
ड्ड कोरोना महामारी विरुद्ध अग्रपंक्तिमा कार्य गर्ने स्वास्थ्यकर्मी, सवारीचालक, सफाइ कर्मचारी तथा अन्य कर्मचारीहरुलाई उत्प्रेरणाका लागि विशेष भत्ताको व्यवस्था गरिएको छ ।
ड्ड कोरोना महामारीको कारण विद्यालयहरु बन्द भई वार्षिक परीक्षा सञ्चालन गर्न नसक्दा विद्यार्थीको शैक्षिक वर्ष नै खेर जाने स्थितिबाट जोगाउँदै आन्तरिक मूल्यांकनको आधारमा विद्यार्थीलाई कक्षा चढाउने व्यवस्था गरिएको छ ।

इलाम नगर क्षेत्रमा फैलिइरहेको कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि आम नगरवासीहरुको प्राप्त सहयोग महत्वपूर्ण रहेको छ । यो महामारीको आतंक अभैm पनि समाजमा रहिरहेकोले यस समयमा स्वास्थ्य मापदण्डको परिपालना गर्न, नआत्तिन, कुनै समस्या भएमा तत्काल स्वास्थ्यकर्मी तथा आप्mना वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि र कार्यालयमा फोन गर्न अनुरोध गर्दै कोभिड महामारीलाई परास्त गरी सर्वसाधारणको स्वास्थ्य रक्षाका लागि उपयुक्त सल्लाह सुझावको अपेक्षा राखिएको व्यहोरा समेत अनुरोध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार