भिरबाट ट्रिफर खस्दा एककाे मृत्यु, एक घाईते

  आवाज संवाददाता

संखुवासभा । संखुवासभा चिचिला गाँउपालिका ३ स्थित निर्माणाधिन अरुण तेस्रो जलबिधुत आयोजना पुखुवामा पाथिभरा कन्ट्रक्सनकाे  बा. ५ ख १४० नम्बरको ट्रिफर भिरबाट खस्दा १ जनाको घटनास्थलमानै मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रिफरमा सवार धनकुटाका २२ बर्षीय दिपेश भटराई रहेका छन् भने घाईते ट्रिफर चालक काभ्रेपलान्चोक भकुण्ढेबेसीका २० बर्षीय नवराज श्रेष्ठ रहेका छन् ।

बुधबार बेलुका ९ बजे ट्रिफरबाट ढुंगा अनलोड गर्ने क्रममा ब्याक गर्दा ट्रिफर अनियन्त्रित भई भीरबाट अन्दाजी ३०० मिटर तल अरुण नदीको बगरमा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी बेश पुखुवा दोभानबाट प्रहरी टोली खटि गई घाईतेलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी तर्फ पठाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार