छाेरीकाे प्रेमि फसाउन खाेज्दा पेस्ताेलसहित आफै पक्राउ

  आवाज संवाददाता

उदयपुर । कसैलाई दुःख दिने, फसाउने जस्ता काम कसैले गर्छ भने अन्ततः आफै फस्छ । उदयपुरमा यस्तै एउटा घटना भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का नेता पर्शुराम चौधरी हतियार र गोलीसहित पक्राउ परेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका ३ मोतिगढा बस्ने ५० वर्षीय चौधरीलाई प्रहरी पक्राउ गरेको हो ।

उनी द्वन्दकालमा नेकपा माओवादीको लडाकु हुन् । उनी पूर्वमाओवादी जिल्ला कमिटी सदस्य तथा सोही पार्टीका भ्रातृ संगठन मजदुर संगठनको जिल्ला संयोजक समेत थिए । उनी २०७७ माघ ४ गते जनता समाजवादी पार्टी उदयपुरको जिल्ला कमिटी सदस्य भएका थिए । हाल पनि उनी सोही पार्टीमा क्रियाशील थिए ।

प्रशुरामको कान्छी श्रीमती श्याम कुमारी चौधरीको घरमा अबैध हतियार लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले छापामा गरेको थियो ।

प्रहरीले घर खानतलासी गर्ने क्रममा अटोमेटिक अमेरिकन पेस्तोल एक थान र ५ राउण्ड गोली बरामद गरेका थिए । उक्त पेस्तोल प्रशुराम चौधरीको कान्छी श्रीमतीको छोरीलाई फसाउनका लागि परशुरामले नै लुकाएर राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

परशुरामकी कान्छी छोरी र सप्तरी सुरुङगा नपा–८ बस्ने २३ वर्षीय बबि चौधरीबीच प्रेम सम्बन्ध रहेको कारणले बबि चौधरीलाई फसाउने नियतले सो हतियार राखेको खुलेको प्रहरीको भनाइ छ ।

बबि चौधरी जिल्ला उदयपुर त्रियुगा नपा ३ स्थित रहेको कान्छी श्रीमतीको घरमा आएको मौका छोपी प्रशुराम चौधरीले हतिया र गोली ल्याई राखेको खुल्न आएको प्रहरीले जनाएको छ ।

परशुरामको साथबाट ८ ठेली चन्दा रसिद समेत फेला परेकोले अबैध चन्दा असुलीमा समेत सकृय रहेको देखिएको प्रहरीको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार