इलामका उद्योगले भन्दा भारतीयले बढी मूल्य दिएपछि हरियो पत्ति भारत निकासी

निकासी रोक्न मन्त्रालयमा पत्राचार

 

इलाम । चिया उत्पादनको मुख्य सिजनमा भारतीय व्यापारीहरुले नेपाली हरियो पत्ती खरिद गर्न थालेपछि हरियो पत्ती निर्यातमा रोक लगाउन पहल थालिएको छ । इलामको पूर्वीे सीमावत्र्ती क्षेत्र हिले, अन्तु, छब्बीसे लगायतका स्थानबाट अवैध ढंगले दैनिक हजारौं किलो हरियो चिया जान थालेपछि त्यसको चिन्ता उद्योगीहरुमा समेत पर्न थालेको छ ।

अवैध ढंगले हरियो पत्ती निर्यात हुँदा त्यसको असर कर असुलीमा पनि पर्ने गरेको छ । हरियो पत्ती भारत निकासी हुँदा नेपाली चिया उद्योगहरु पत्ती अभावमा बन्द हुने स्थिति समेत हुन थालेको उद्योगीको भनाइ छ । यसरी नेपाली हरियो पत्ती भारत निकासी भएको पाइएपछि नेपाल चिया तथा कफी विकास वोर्डले शुक्रबार वाणिज्य मन्त्रालयमा अवैध निकासी रोक्न पहलका लागि पत्राचार समेत गरेको छ । ‘यो समस्या पुरानै हो, सीमामा नियन्त्रण गर्न नसकिएपछि केन्द्रबाट कुटनीतिक पहलबाटै समस्याको समाधान गर्नुपर्ने अवस्था भयो ।’ वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णुप्रसाद भट्टराईले भने ‘इलामबाट अवैध निकासी भइरहेको जानकारी आएपछि आजै वाणिज्य मन्त्रालयमा पत्राचार गरिएको छ ।’

इलाममा उत्पादन भएको चिया नेपाली उद्योगहरुमा भने न्यूनतम प्रतिकिलो ४० देखि ४५ रुपियाँमा किसानहरुले बिक्री गरिरहेका छन् । भारतीय व्यापारीले भने प्रतिकिलो ५५ रुपियाँ सम्म दिने भएकाले चिया संकलकहरुले भारत पठाउने गरेको समाचार स्रोतले जनाएको छ । दैनिक हरियो पत्ती भारत जान थालेपछि सूर्योदय नगरपालिकास्थित सूर्योदय टी एशोसिएशनले पनि अवैध निकासी रोक्न माग गर्दै आएको छ । ‘किसानले खुल्ला बजारमा बिक्री गर्न पाउनु ठीक हो तर अवैध रुपले निकासी हुँदा कर छली मुख्य विषय छ, अर्को चाँहि चिया नपाएर नेपाली उद्योगहरु धरासयी हुने निश्चित छ ।’ एशोसिएशनका ससचिव गोपाल कट्टेलले भने ‘हामीले गतवर्षनै प्रमुख जिल्ला अधिकारीको पनि ध्यानाकर्षण गराएका थियौं, चिया तथा कफी विकास वोर्डलाई पनि पत्राचार गरेका थियांै, तर, यो वर्ष पनि हरियो पत्ती भारत जान थालेको छ ।’

यता किसानहरुले भने दिनभरि टिपेको पत्ती बेलुका भएपछि एक स्थानमा जम्मा गर्ने गरेका छन् । एकै स्थानमा धेरै किसानले जम्मा गरेको चिया भने संकलकले कारखाना सम्म पुर्याउने गरेका छन् । आफूहरुले बिक्री गरेको चिया संकलकले कारखानामा पु¥याउँछ कि अन्यत्र बिक्री गर्छ भन्ने थाह नहुने किसानहरु बताउँछन् । किसानलाई हरियो पत्तीको रक मभने चिया संकलकले भुक्तानी दिने गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार