क्र्याक ब्यान्डेजले घाटीमा बाधी साथीकाे हत्या गर्ने पक्राउ

  आवाज संवाददाता

?

झापा । झापा मेचीनगर नगरपालिका ५ का ४० बर्षीय भिमराज लिम्बुको हत्या गरी फरार रहेका सोही स्थानका ५६ बर्षीय सुकराज लिम्बुलाई पक्राउ गरिएको छ ।

हिजो राती पौने ९ बजे मेचीनगर नगरपालिका -५ ईटाभट्टा अधेरी टोल स्थित ग्राबेल बाटोको छेउमा घाँटीमा कपडाको क्र्याक ब्यान्डेजले बाँधिएको र मुखबाट रगत आइरहेको अवस्थामा भिमराज मृत अबस्थामा फेला परेका थिए ।

तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले उनको हत्या भएको पुष्टी गरे सगै घटनामा संलग्न भई फरार रहेका सुकराजलाई पक्राउ गरेको हो । पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टामा बाध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाधी हत्या गरेकाे अनुसन्धानको क्रममा स्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार