म कुनै समालोचक नभइ केवल एउटा पाठक मात्र हो । यो लक डाउनको समयमा मैले वीपी को आत्म बृतान्त, जेल जर्नल, विवेक शाहको मैले देखेको दरबार, खप्तड स्वामीको म र मेरो कर्तब्य, दिल्ली अनि दरबार भन्ने किताब पढेँ । त्यस्तै डा. देवी क्षेत्री दुलालका कृतिहरु इलामको चिया पर्यटन र काले दमाइ नाटक पढेर समयको उपयोग गरिरहेको थिएँ ।उहाँका उक्त कृतिहरु निकै नै महत्वपूर्णद्धन । मलाइ कर्ण शाक्यका कृतिहरु पनि पड्ने मन थियो । त्यसैबेला डा. देवी क्षेत्री दुलालसँग कुनै उपयोगी किताब छन कि भनेर जिज्ञासा राखेँ । उहाँले मलाइ आफ्नै औपन्यासिक कृति घर फर्क उपन्यास पढ्न अनुरोध गर्नुभयो । मलाइ उपन्यास पड्न खासै मन थिएन । कृतिका लेखक स्वयम्ले भनेपछि बेलुका अन्य सबै किताब थन्क्याएर घर फर्क उपन्यास पढ्न बसेँ । पढ्न थालेपछि उपन्यास छोड्नै मन लागेन । त्यो रातैभरि र भोलिपल्ट दिनभरिमा मैले घर फर्क उपन्यास इतिबृतान्त पढेर सकेँ । यो उपन्यासले मलाइ सारै प्रभावित पार्यो । केही भनौं केही लेखौं भन्ने इच्छा जागेर आयो र मलाइ उपन्यासमाथि लागेका जिज्ञासाहरु यसरी अघि सारेको छु ।
० उपन्यासको मुख्य पात्र कालुमान, सपना र शिलु हुन । अन्य धेरै सहायक पात्रहरु प्नि उतिकै जिवन्त भूमिकामा रहेको पाएँ ।
० नेपालीका छोराछोरी घरदेश छाडेर वैदेशिक रोजगारीका लागि परदेशमा जाँदाका अनेकन जोखिमको चित्रण छ । कसैले एड्स बोकेर आएको, कसैले विदेशीको अनिच्छित गर्भ बोकेर आएको, तिनबाट जन्मिएका सन्तानको नागरिकताको समस्या र आमाको इज्जतका प्रश्न अनुत्तरित रहेको ।
० जीवन सङ्गिनीलाइ घरमा छोडेर गएको पोइ घर पर्फिदा अर्कैसग गएकी, कत्तिको अर्कोले पनि छोडेर कन्तविजोक भएको, के के सोचेर विदेश गएको फर्केैपछि केके भोग्नु परेको सैयौं मर्मान्तक कथाहरुलाइ उठाइएको छ ।
० नेपाली नागरिकता त्यागेर एनआरएन भएका नेपालीहरुले फेरि नागरिकता माग गरेको विषयमा कालुमानले राष्ट्रवादी अडान राखेर राष्ट्रियताको पक्षमा आफूलाइ उभ्याएको छ , यो आफैमा महत्वपूर्ण सोच हो ।
० यस उपन्यासमा नेपालको भूगोल, त्यहाँको भौगालिक, सामाजिक, साँस्कृतिक, आर्थिक धार्मिक पक्षमा सूक्ष्म विश्लेषण गरिएको छ । नेपाली समाजको वस्तुपरक अधययन मूल्याङ्कन भएको छ । यस दृष्टिमा घर फर्क उपन्यास नेपाली समाजको समाजशास्त्रीय अध्ययनको उत्कृष्ट नमूना हो भन्ने मलाइ लाग्यो ।
० यस उपन्यासमा नेपालको इतिहासको उत्खनन पनि भएको छ । नेपाली भाषा, साहित्यमा रानी जगदम्बाले पुर्याएको योगदान, मठ मन्दिर बनाएका कुरा देखि लिएर तमोर नदीमा हालिएको सिटौला पुल, लिम्बुनी साँघु, खड्कुडे साँघु कसरी कसले कहिले बनायो ? यसबारे एतिहासको समीक्षण् भएको छ । यी त प्रतिनिधि उदाहरण मात्र हो, यस्ता अन्य सैयौ इतिहासको मूल्याङ्कन गरिएको छ ।
० यो यात्रामय उपन्यास पनि हो भन्ने मैले ठानेको छु । लेखक जहाँ पुग्दा जे देख्छन तिनै यथार्थतालाइ टिपेर अलिकति कल्पनालाइ कलासँग मिसाएर नेपाली समाजको आजको बदलिदो चरित्रलाइ सुन्दर रुपमा चित्रण गरिएको छ ।
० कालुमान एक अति आदर्शवादी पात्र हो । १३ वर्ष कोठीमा नारकीय जीवन विताएर एड्सग्रस्त भएर फर्केकी आफ्नी श्रीमती शिलुलाइ स्वीकारनु , प्रेमीका सपनासग त्यत्रो आत्मीयता र सहयात्रा हुदा यौनको विषयमा कतै लसपस नहुनुले कालुमान आदर्शपुरुष हो भन्ने देखाउछ । फेरि त्यती आदर्श पात्र कालुमानले कन्यामको एक होटलमा एकरात साथीसँग रक्सी खाएर मात्तिनुले चाहिँ आफ्नै आदर्शमाथि स्खलित हुनपुगेको हो कि भन्ने संसय पनि हुन्छ । यो विषयलाइ छलफलमै राखौं ।
० उपन्यास मा अनेकन पात्रको मनोदशामाथि मनोवैज्ञानिक विश्लेषण भएको छ । एयरपोर्टमा फुल बेच्ने दिदीको कहानी, आर्यघाका घाटेको चिन्ता, फुलको परिभाषा, पैसा कमाएर आउछ छोरा भन्दा लास आएको क्षण आमाको आँशुको आक्रोसका कुरा, गाउँ रित्तिएर शहरमा कोलाहल बढेको कथा, उत्पादनयोग्य जमीन बाझिएको, समग्रमा नेपाली समाजमा देखा परेको हाम्रो मुल्य स्खलनबारे पड्दा अनायसै आँखा रसाएर आउँछ ।
० उपन्यासमा लेखकले समस्या मात्रै देखाएका छैनन् , विदेश गएका युवाहरुलाइ नेपाल फर्केर अउ मात्र नभनी देशमा यसो गरेर समाजमा समृद्धि ल्याऔं,रोजगारी सृजना गरेर आत्मनिर्भर बन्न सकिन्छ भनेर ठोस योजना र दृष्टिकोण अघि सारेका छन । कालुमानकी आमा ताराको सपना सकार पार्ने सङ्कल्प गरेका छन । यो नेपाली उपन्यास लेखन परम्परा भन्दा नयाँ खालको उपन्यास हो भन्ने मलाइ लाग्यो ।
० प्रा.डा.गोविन्दराज भट्टराइ प्रसिद्ध लेखक र प्रकाण्ड विद्धान हुन । त्यस्ता विद्धानको कलमबाट यस उपन्यासको भूमिका लेखिएको छ । कृतिबारे उहाँको भूमिका पड्दा घर फर्क उपनयासको उचाइ र यसको अन्तराष्ट्रिय स्तरको बारेमा थाहा हुन्छ ।
अन्त्यमा यति महत्वपूर्ण उपन्यासका लेखकलाइ बधाइ छ । निरन्तर यस्तै अन्य कृति लेख्न अविरल इन्द्रावती झैं बगिरहनुस, शुभकामना छ । र उपन्यासको भूमिका लेख्नुहुने गोविन्दराज भट्टराइलाइ आभार प्रकट गर्छु । घर फर्क उपन्यास नेपाली समाज रुपान्तरणको ठोस योजना सहितको उपन्यास रहेछ । सबैले एकपल्ट अवस्य पडौं भन्ने म सामान्य पाठकको अनुरोध गर्छु ।
(लेखक नेपाल सरकारको सेवा निवृत अधिकारी हुन )