पत्रकार भन्दै ठगी गर्ने दुई जना पक्राउ

  आवाज संवाददाता

मोरङ । मोरङ रतुवामाई नगरपालिका १० स्थितबाट वनको कर्मचारी तथा पत्रकार हौ भनि रकम ठगी गर्ने २ जनालाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका ६ जुटबिकास का ५० बर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ बर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् । गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० स्थितमा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स(मिलबाट रकम उठाउन आएको बेला प्रहरीले बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनिहरुको साथबाट नगद रु।३२ हजार ९ सय ९५ रुपैया, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान-१, उठाएको रकम अभिलेख भएको डायरी थान १, कान्तिपुर पोष्टको बजार ब्यवस्थापक परिचय पत्र थान १, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान १, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान १ बरामद भएको छ । बरामद भएको रकम अभिलेख डायरीमा मोरङको बिभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।

उनिहरुले हामी बनको कर्मचारी र पत्रकार हौं कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस अन्यथा तपाईहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुन्धानबाट खुलेको छ । पक्राउ परेका द्धय चौहान र सिग्देल उपर ठगी कसूरमा थप अनुसन्धान कार्य भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार