गजल

जिन्दगी साँच्चै नियतिको दास भएको छ
हेर्दाहेर्दै आफैं जिउँदो लास भएको छ
बाँचौ यहाँ कति दिन बनेर परजीवी
कसैको निगाह मलाई प्यास भएको छ
सुनाएको थिएँ कुनैदिन दुखको कहानी
आज त्यही कहानी उपहास भएको छ
बनेको छ जिन्दगी यन्त्र जडित रोबर्ट झैँ
खाली दिमाग शैतानको बास भएको छ
न वर्तमान न भविष्य म फकिरलाई
जसरी बितोस जिन्दगी खास भएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार