इलाममा आइबार १४ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ४० पुग्यो

  आवाज संवाददाता

इलाम । इलाममा आइतबार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने ७ जनामा संक्रमण देखिएको थियो ।
इलाम नगरपालिकामा ७ जना र फाकफोकथम गाउँपालिका ६ जना र चुलाचुली गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ६०१ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्लामा कोरोना संक्रमणका कारण मृत्यू हुनेको संख्या भने ४० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार