प्रवासमा रहेका साङरुम्बाका युवाहरुले गाउँलाई पठाए अढाई लाख सहयोग

  आवाज संवाददाता

इलाम। इलाम नगरपालिका वडा नं. १२ साङ्गरुम्बा घर भई हाल विभिन्न मुलुकमा कार्यरत युवाहरुले कोरोना भाइरसको संक्रमणबाट गाउँबासीलाई बचाउनका लागि आर्थिक सहयोग पठाएका छन् ।

प्रवासमा कार्यरत साङ्गरुम्बाका युवाहरुले वडाबासीहरुलाई कोरोना भाइरसबाट सुरक्षित राख्नका लागि दुई लाख ५५ हजार रुपैयाँ पठाएको हाल दुवईमा कार्यरत तथा सहयाेग संकलन अभियानका अभियन्ता दिपकिशोर लिङदमले जानकारी दिए । प्रवासमा रहेका युवाहरुले उक्त रकम साङ्गरुम्बास्थित स्वास्थ्य चौकीमा पठाएको हो । सहयोग रकम मध्ये ५० हजारले स्वास्थ्य सामग्री खरिद गरिने, एक लाख रुपैयाँबाट राहत वितरण गरिने र एक लाख रुपैयाँ स्वास्थ्य चौकीमा कोष स्थापना गरेर राख्नका लागि पठाएको पनि अभियन्ता लिङ्दमले बताए ।

कोषबाट आर्थिक अवस्था कमजोर भएकाहरुको उपचारमा सहयोग गरिने पनि उनले बताए । दुवाईमा कार्यरत साङ्गरुम्बाका युवाहरुबाट ७५ हजार, मलेसियामा कार्यरत साङ्गरुम्बाका युवाहरुबाट एक लाख २८ हजार, कोरियाका कार्यरत भुवन लिङदमबाट ३२ हजार, अमेरिकामा रहेका धनबहादुर योङहाङबाट २० हजार रुपैयाँ संकलन गरेर पठाइएको हो ।

सो सहयोग रकमबाट सामग्री खरिद तथा राहत वितरणका लागि स्वास्थ्य चौकीका कर्मचारी, वडाध्यक्षलगायतको समिति रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार