लमजुङ जिल्लाको दोर्दीमा जनता बैंकको शाखा

जनता बैंक नेपालले आइतबारदेखि लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा नयाँ शाखा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप यो शाखा खोलिएको हो । यससँगै बैंकको शाखा संख्या ९५ पुगेको छ ।

लमजुङ जिल्लाको ग्रामिण क्षेत्रका साविकका ८ गाविस समेटिएर बनेको दोर्दी गाउँपालिकाको समेत कारोवार गर्ने यस शाखाले गाउँपालिका क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै गाउँपालिकाका जनताहरुले यस शाखाबाट आधुनिक बैंकिङ सुविधालिएर जीवनस्तर सहज बनाउन सक्ने अपेक्षा बैंकको छ ।

यससँगै बैंकले देशभरीबाट ९५ शाखा, २६ शाखा रहित बैंकिङ, ३ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर तथा ६७ एटिएमहरु मार्फत करिव ५ लाख ग्राहकलाई सेवा पुर्याउदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार