इलाम नपाले नदीजन्य पदार्थ उत्खनन्मा रोक लगायो

  आवाज संवाददाता

इलाम । इलाम नगरपालिकाले खोलाबाट नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ ।

वर्खाको समयमा नदीजन्य बस्तु उत्खनन् हुँदा बाढी पहिरोको जोखिम बढ्ने भन्दै उत्खनन्मा रोक लगाएको हो । इलाम नगरपालिकाले आज एक सूचना जारी गर्दै नदीबाट गिटी, ढुङ्गा, बालुवा उत्खनन् नगर्न भनिएको छ ।

असार १ गतेदेखि भदौ मसान्तसम्म उत्खनन् गर्न रोक लगाइएको नगरपालिकाले जनाएको छ । नदी जन्य पदार्थ उत्खनन् गरेको पाइएमा कार्वाही गरिने पनि नगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार