मानिसको दिमागका सबै कुरा थाहा पाउने हेल्मेट, बजारमा चाँडै आउँदै

  आवाज संवाददाता

एजेन्सी । अमेरिकाका वैज्ञानिकहरुले मानिसको दिमाग पढ्ने हेल्मेटको आविस्कार गरेका छन् । हेल्मेट तयार गर्ने बायोक्याकर ब्रायन जोनसनले मानिसको दिमागमा के भइरहेको छ भन्ने कुराको जानकारी दिन यो हेल्मेट उपयोगी भएको बताएका छन् । सन् २०३० मा सेन्सरयुक्त यस्ता हेल्मेट बजारमा आउने जनाइएको छ । यो हेल्मेटको मूल्य एउटा स्मार्टफोनभन्दा बढी नहुने जनाइएको छ । अहिले चै यसको मूल्य धेरै नै अर्थात ३७ लाख नेपाली रुपैया भन्दा बढी रहेको छ ।

अनुसन्धानकर्ता ब्रायन भन्छन् , ‘यो हेल्मेटलाई चाँडै नै बजारमा ल्याइने भएको छ । यसको प्रयोग मानसिक वा मस्तिष्क घात भएका मानिसहरुका लागि उपयोगी हुन्छ । यो दिमागको न्यूरोन्सको विश्लेषण गर्छ र दिमागको हरेक गतिविधि धेरै लामो समयसम्म पढ्न सक्छ ।’

क्यालिफनिर्याको एक स्टार्टअप कर्नलका फाउण्डर रहेका ब्रायनले आफूहरु लामो समयदेखि मानिसको दिमागलाई आर्टिफिसियल इन्टेलिजेन्स ९ब्क्ष्० सँग जोड्ने बारेमा काम गरिरहेको बताएका छन् । उनले आफूहरु यसकार्यमा धेरै हदसम्म सफल भएको बताए ।
प्राप्त समाचार अनुसार जोन्सनले दुई हेल्मेट तयार गरेका छन् ।

एक हेल्मेटको कोडनेम ‘फ्लो’ दोस्रोको नाम ‘फ्लस’ राखेका छन् । यी दुबैको परीक्षण भैसकेको र सफलता पनि हात लागेको बताएका छन् । मानिसको दिमागमा के खेलिरहेको छ यसलाई थाहा पाउने दुबै हेल्मेट अलग–अलग तरिकाले काम गर्ने उनीहरुको तर्क छ ।

फ्लो हेल्मेट ब्रेनमा भएको रगतमा अक्सिजनको मापनका लागि लेजर लाक्ष्टको प्रयोग गर्ने र फ्ल्क्स हेल्मेट ‘म्याग्नेट–एनसेफेलोग्राफी’ प्रक्रियामा आधारित भएर का मगर्दछ । यस प्रक्रियामा हेल्मेट दिमागको म्याग्नेटिक फिल्डको रेकर्डिङ गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार