आउँदो असार १४ गतेसम्मका लागि इलाममा निषेधाज्ञा थप गरिएको छ । जिल्लामा संक्रमण केही सामान्य भएपनि संक्रमित हुने क्रम जारी रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।
जनस्तरबाट नै निषेधाज्ञा पूर्ण रूपले पालन गरिएको र जनस्वास्थ्यलाई ध्यान केन्द्रित गर्दै निषेधाज्ञा थप गरिएको बताइएको छ । सो निषेधाज्ञा आउँदो १४ गते राति १२ बजेसम्मका लागि लागु गरिने छ । प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनामा यातायातका साधन, सेमिनार, जुलुसलगायत बन्द रहेको जनाइएको छ ।