इलाममा निषेधाज्ञा असार १४ सम्म, निश्चित पसलहरु १ बजेसम्म खुल्ने (निषेधाज्ञाकाे पूर्णपाठसहित)

  आवाज संवाददाता


इलाम । इलाममा पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार आदेश जारी गर्दै असार १४ गतेसम्म निषेधाज्ञा कायमै रहने जनाएको छ ।

जिल्लामा कोरोना भाइरसका संक्रमण दर उच्च हुँदै गएपछि यसको नियन्त्रणका लागि प्रशासनले पहिलो पल्ट बैंशाख २८ गते १५ दिनका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि संक्रमण नियन्त्रणमा नआइसकेकाले प्रशासनले निषेधाज्ञाको समय थप्दैं आएको हो ।

यस पटक भने स्वास्थ्यको मापदण्ड अपनाउँदै पुस्तक तथा स्टेशनरी, घरायसी सामग्रीका पसल, लत्ताकपडा, विद्युत सामग्री, मर्मत सामग्री, र खाद्यान्नका पसलहरु भने स्वास्थ्य मापदण्ड अपनाएर एक बजेसम्म खोल्न मिल्ने गरी निषेधाज्ञा अलि खुकुलो बनाइएको छ ।

हेर्नुहाेस् प्रशासनले जारी गरेकाे आदेश: 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार